काठमाडौं– सञ्चारमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका घाइतेहरूलाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
आज (शुक्रबार) घाइतेलाई भेट्न मन्त्री खरेल टिचिङ अस्पताल पुगेका हुन्।
भेटका क्रममा मन्त्री खरेलले घाइतेहरूको स्वास्थ्यलाभको कामना गरे।
सो क्रममा मन्त्री खरेलले भने, ‘यो सरकार तपाईंहरूले बगाएको रगतले बनेको हो, देश पनि अहिले बिरामी छ, तपाईंहरूसँगै देशको पनि उपचार गर्ने हो।’