‘राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै फाइल खुल्छन्’ : गृहमन्त्री अर्याल - Chaitanya News
  • 2026-05-10
  • 06:03:43
  • आइतबार,बैशाख २७, २०८३
  • ‘राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै फाइल खुल्छन्’ : गृहमन्त्री अर्याल

    ‘राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै फाइल खुल्छन्’ : गृहमन्त्री अर्याल

    काठमाडौँ– गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका अनुसन्धानका सबै फाइल खोल्ने बताएका छन्।

    आज (शुक्रबार) नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुगमन गरेपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै मन्त्री अर्यालले यस्तो बताएका हुन्।

    यस्तै उनले शान्ति सुरक्षा र सुशासन कायम गर्दै आगामी चुनाव सम्पन्न गर्न पनि राजनीतिक कनेक्सनका फाइल खोल्नुपर्ने उनले बताए। मन्त्री अर्यालले भने, ‘पोलिटिकल कनेक्सनका आधारमा जे कुरा रोकिएको थियो, जे कुरा बिथोलिएको थियो। त्यस्तो अब हुँदैन।’

    उनले थपे, ‘यो सरकारको म्यान्डेट नै सुशासन हो । सुशासनविना शान्ति सुरक्षा हुन सक्दैन। शान्ति सुरक्षा भएन भने ६ महिनाभित्र इलेक्नस गर्न पनि सकिँदैन।’

    जेन जेड युवाको प्रदर्शनको क्रममा गत भदौ २४ गते महाराजगञ्जस्थित सीआईबीको कार्यालयमा पनि क्षति पुगेको थियो। त्यसको अवलोकनपछि उनले अपराध अनुसन्धानको क्रममा रोकिएका फाइलहरू खुल्ने बताएका छन्।

    ‘कतिपय अपराध अनुसन्धानमा, आर्थिक अपराध अनुसन्धान, वित्तीय अपराध अनुसन्धान लगायत भ्रष्टाचारका विषयवस्तुहरूमा जुन खालको अवरोध आइरहेको थियो, त्यो अवरोध अब हामीले फुकाउनुपर्छ भन्ने मेरो अपेक्षा बमोजिमको निर्देशनहरू दिएको छु’ उनले भने।