काठमाडौँ– कुशासनविरुद्धको आन्दोलनपछि नयाँ परिस्थिति सिर्जना भएको भन्दै प्रहरीले राजनीतिबाट प्रेरित नभई कानूनबमोजिम कार्यसम्पादन गर्न प्रहरीलाई गृहमन्त्री ओमप्रकाश अर्यालले निर्देशन दिएका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को लाजिम्पाटस्थित कार्यालय निरीक्षण गर्दै गृहमन्त्री अर्यालले सो निर्देशन दिएका हुन्।
पहिला कुशासन थियो, त्यसकारण आन्दोलन भयो’, उनले भने, ‘अब सुशासनका निम्ति प्रहरीले कानूनबमोजिमका कामहरू प्रभावकारी ढंगले गर्दै जानुपर्ने छ।’
उनले प्रहरीलाई कुनै पनि काम राजनीतिक आधारमा प्रेरित नभई कानूनबमोजिम गर्न भनेका छन्।