शिक्षा मन्त्री डा. महावीर पुनले हटाए ‘माननीय’ लेखिएको बोर्ड - Chaitanya News
  • 2026-05-10
  • 06:03:10
  • आइतबार,बैशाख २७, २०८३
  • शिक्षा मन्त्री डा. महावीर पुनले हटाए ‘माननीय’ लेखिएको बोर्ड

    शिक्षा मन्त्री डा. महावीर पुनले हटाए ‘माननीय’ लेखिएको बोर्ड

    काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनले आफ्नो कार्यकक्षमा नामको अगाडि लेखिएको ‘माननीय’ शब्द हटाएका छन्। उनले ‘माननीय’ शब्द हटाएर डा. महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री मात्र राखेका छन्।

    सामान्यतया कार्यकक्ष प्रवेश गर्ने ढोका बाहिर मन्त्रीको नाम लेखिएको बोर्ड राखिन्छ, जसमा मन्त्रीको उपस्थिति वा व्यस्तता जनाउन ‘भित्र’, ‘बाहिर’ वा ‘व्यस्त’ लेखिएको हुन्छ। तर, मन्त्री पुनले आफ्नो नामको अगाडि कर्मचारीले ‘माननीय’ लेखेको देखेपछि उनले सो शब्द हटाउन निर्देशन दिएका हुन्। निर्देशनअनुसार कर्मचारीले नाम मात्र प्रिन्ट गरी बोर्डमा टाँसेका छन्।

    केही दिनअघि मन्त्री पुनले आफूलाई ‘माननीय मन्त्री’ नभन्न आग्रह पनि गरेका थिए। मन्त्रालयभित्र कर्मचारीले मन्त्री भनेर सम्बोधन गर्न सक्ने भए पनि बाहिर कसैले पनि ‘मन्त्री’ भनेर सम्बोधन नगर्न भनेका थिए।

    मन्त्री पुनले सरकारी कार्यालयहरूमा व्याप्त औपचारिकता घटाएर कामकाजलाई अधिक पारदर्शी र जनमुखी बनाउने अभियान अघि बढाइरहेका छन्।