कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्ने निर्वाचन आयोगको निर्णय - Chaitanya News
  • 2026-05-10
  • 06:03:43
  • आइतबार,बैशाख २७, २०८३
  • कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्ने निर्वाचन आयोगको निर्णय

    कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्ने निर्वाचन आयोगको निर्णय

    काठमाडौँ– निर्वाचन आयोगले आगामी कात्तिक मसान्त (कात्तिक ३०) सम्म मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने निर्णय गरेको छ।

    आज (बिहीबार) बसेको बैठकले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्ने निर्णय गरेको आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।

    ‘आगामी कार्तिक मसान्तसम्म मतादाता नामावली सङ्कलन गर्ने निर्णय भएको छ’, भण्डारीले भने, ‘आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउनेछन्। आजैबाट अव मतदाता नामावली सङ्कलनका लागि सुरु भैसकेको छ।’

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आयोगले अध्यादेशमार्फत मतदाता नामावली सङ्कलन गर्न बाटो खोलिदिन सरकारलाई आग्रह गरेअनुसार सरकारले उक्त बाटो खोलिदिएको थियो।