‘यमबुद्ध स्केटबोर्ड पार्कको सपना साकार हुँदैछ’ : बालेन साह - Chaitanya News
  • 2026-11-08
  • 03:56:00
  • शनिबार,कार्तिक २२, २०८३
  • ‘यमबुद्ध स्केटबोर्ड पार्कको सपना साकार हुँदैछ’ : बालेन साह

    ‘यमबुद्ध स्केटबोर्ड पार्कको सपना साकार हुँदैछ’ : बालेन साह

    काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले ३ वर्षको संघर्षपछि यमबुद्ध स्केटबोर्ड पार्कको सपना साकार हुन लागेको बताएका छन्। आज (बिहीबार) सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै मेयर साहले यस्तो बताएकाम छन् ।

    तीन वर्षको संघर्षपछि यमबुद्ध स्केटबोर्ड पार्कको सपना साकार हुन लागेको र अहिलेसम्म यो पार्कको निर्माणको करिब आधा काम पूरा भइसकेको मेयर साहले बताएका छन्। उनले यो पार्क केवल खेल्ने ठाउँ मात्र नभएर, युवाहरूको संस्कृतिलाई अभिव्यक्ति दिने, कला–संगीतलाई प्रोत्साहन गर्ने र परिवारमैत्री सामुदायिक स्पेसका रूपमा निर्माण भइरहेको उनले बताएका छन्।

    उनले भनेका छन्– ‘मेयर बनेको सुरुदेखि नै हाम्रो पहिलो लक्ष्य काठमाडौँलाई सबैको लागि सहर बनाउनु थियो। सम्पदा जोगाउने कामसँगै युवाहरूको चाहना अनुसारको सहर बनाउने योजनामा हामीले यमबुद्ध स्केटबोर्ड पार्क सुरु गरेका थियौँ।’

    उनले थप भनेका छन्– ‘सुरुमै बजेट छुट्टाइएको थियो काठमाडौँ महानगर वार्ड १६ मा बन्ने कुरा लगभग तय भैसकेको थियो तर तत्कालीन वडा अध्यक्ष स्वर्गीय मुकुन्द रिजालको निधनपछि त्यो ठाउँमा बनाउन जग्गा प्राप्त गर्न सकेनौ ,त्यस पछि अर्को २ वडामा कोसिस गर्यौ । नेपाल सरकारले जग्गा दिन नसकेका कारण तीन पटकसम्म प्रयास गर्दा पनि बनाउन सकिएन। तर काठमाडौँ–५ का वडा अध्यक्षज्यू वीरेन्द्र प्रजापति र स्थानीय साथीहरूको अथक प्रयासमा १३ रोपनी सरकारी जग्गा संरक्षण गर्नु भएको रहेछ सोही जग्गामा उहाँहरूको अग्रसरतामा सोही अन्ततः २०८१र२र२९ गते देखि काम अघि बढ्न थाल्यो। अहिले यो पार्कको निर्माण फेजमा छ, करिब आधा काम पूरा भइसकेको छ।’