काठमाडौँ– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले पद त्याग गरेका छन्। आज (बुधबार) बसेको केन्द्रीय समिति बैठकमा भट्टराईले अध्यक्ष पद त्यागेको घोषणा गरेका हुन्।
साथै मौजुदा केन्द्रीय समिति भङ्ग गरी उपाध्यक्ष दुर्गा सोवको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने निर्णय भएको छ।
महाधिवेशन कहिले गर्ने भन्ने विषयमा छलफल चलिरहेको प्रवक्ता कृष्ण शर्माले जानकारी दिए।
‘अध्यक्ष भट्टराईले राजीनामा दिनुभएको होइन, पद त्याग गर्नुभएको हो। उपाध्यक्ष दुर्गा सोवको अध्यक्षतामा महाधिवेशन आयोजक समिति बनाउने भनिएको छ। महाधिवेशन कहिले गर्ने भन्ने बारेमा छलफल भइरहेको छ।’
तत्कालीन नेसपा विभाजनपछि गत माघमा भएको महाधिवेशनबाट भट्टराई अध्यक्षमा निर्वाचित भएका थिए।