उपसचिवस्तरका दुई जना कर्मचारीको सरुवा - Chaitanya News
  • 2026-05-17
  • 13:58:18
  • आइतबार,जेठ ०३, २०८३
  • उपसचिवस्तरका दुई जना कर्मचारीको सरुवा

    उपसचिवस्तरका दुई जना कर्मचारीको सरुवा

    काठमाडौँ– उपसचिवस्तरका दुई जना कर्मचारीको सरुवा भएको छ। हिजो (मंगलबार) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिवस्तरका दुई जना कर्मचारीको सरुवा गरेको हो ।

    मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गत राजपत्रांकित द्वितीय श्रेणीका उपसचिवस्तरका दुई कर्मचारीको सरुवा गरेको छ।

    सरुवा सूचीअनुसार ताकेश्वर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा धर्मराज लम्साललाई पठाइएको छ। उनी यसअघि जिल्ला समन्वय समितिको कार्यालय, डडेल्धुरामा कार्यरत थिए।

    यस्तै, ताकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वर प्रसाद आचार्यलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकै अतिरिक्त समूहमा तानिएको छ।