राष्ट्रपति पौडेलले गरे मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी - Chaitanya News
  • 2026-05-17
  • 13:58:17
  • आइतबार,जेठ ०३, २०८३
  • राष्ट्रपति पौडेलले गरे मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी

    राष्ट्रपति पौडेलले गरे मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी

    काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन्।

    उनले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आज उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।