राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबिच भेटवार्ता, कुन विषयमा भयो छलफल ? - Chaitanya News
  • 2026-05-10
  • 06:14:43
  • आइतबार,बैशाख २७, २०८३
  • राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबिच भेटवार्ता, कुन विषयमा भयो छलफल ?

    राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबिच भेटवार्ता, कुन विषयमा भयो छलफल ?

    काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबिच भेटवार्ता भएको छ। आज (बुधबार) राष्ट्रपति भवन शीतल निवासमा पौडेल र कार्कीबिच भेटवार्ता भएको हो।

    भेटमा समसामयिक राजनीति, फागुन २१ म तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

    राष्ट्रपति भेट्नु अघि प्रधानमन्त्री कार्कीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), सीआइबी प्रमुख एआईजी डा.मनोज केसीसँग छुट्टाछुट्टै भेट गरेकी थिइन्। यस्तै मङ्गलवार साँझ नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलसँग समेत भेट गरेकी थिइन्।