प्रहरी उपरीक्षक कटवालले भने: शान्ति सुरक्षा, अमनचयन कायम गर्ने सन्दर्भमा कसैसँग सम्झौता हुँदैन - Chaitanya News
  • 2026-05-17
  • 13:59:07
  • आइतबार,जेठ ०३, २०८३
  • प्रहरी उपरीक्षक कटवालले भने: शान्ति सुरक्षा, अमनचयन कायम गर्ने सन्दर्भमा कसैसँग सम्झौता हुँदैन

    प्रहरी उपरीक्षक कटवालले भने: शान्ति सुरक्षा, अमनचयन कायम गर्ने सन्दर्भमा कसैसँग सम्झौता हुँदैन

    विराटनगर– मोरङका प्रहरी उपरीक्षक कवित कटुवालले शान्ति सुरक्षा, अमनचयन कायम गर्ने सन्दर्भमा कोहीकसैसँग सम्झौता नगरिने स्पष्ट गरेका छन्।

    आज (बुधबार) मोरङ जिल्लामा सरुवा भएपछि सञ्चारकर्मीहरूसँगको भेटघाटमा प्रहरी उपरीक्षक कटवाले जिल्लामा अमनचयन कायम गरी आमनागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।

    समाजमा हुनसकने चारी, डकैती, तस्करीलगायत आपराधिक क्रियाकलाप पूर्णरुपमा नियन्त्रण गर्ने, कुनै कसिमको गैह्रकानुनी कामकारबाही हुन नदिने र कानुन हातमा लिई व्यक्ति तथा समाजलाई आतङ्कित बनाउन प्रयास गर्नेहरूलाई कानुनको कठघरामा उभ्याउने काममा समर्पित नेपाल प्रहरीलाई सहयोग गर्न जिल्लाबासीसँग अनुरोध गरे।

    प्रहरी उपरीक्षक कटवालले विगतका घटनाक्रमबाट पाठ सिकेर प्रहरी सङ्गठन अघि बढ्ने विश्वास दिलाउँदै देश र जनताको पक्षमा अहोरात्र खटिने सुरक्षा संयन्त्रलाई सञ्चारकर्मीसहित समाजका सबै क्षेत्रबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।