विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा परे प्राध्यापक डा. सुदन झा - Chaitanya News
  • 2026-11-08
  • 05:30:34
  • शनिबार,कार्तिक २२, २०८३
  • विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा परे प्राध्यापक डा. सुदन झा

    विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा परे प्राध्यापक डा. सुदन झा

    काठमाडौँ– कम्प्युटर विज्ञ काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा. सुदन झा विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकहरूको सूचीमा सूचीकृत भएका छन्।

    हालै स्ट्यानफोर्ड विश्वविद्यालय र अन्तर्राष्ट्रिय प्रकाशन संस्था एल्सेभियरद्वारा प्रकाशित सूचीमा कृत्रिम बुद्धिमत्ता, इन्टरनेट अफ थिङ्ग्स, गहिरो शिक्षण र सम्बन्धित क्षेत्रमा उनले गरेको योगदानलाई अन्तर्राष्ट्रिय मान्यता दिँदै उनी अटाएका हुन्।

    यो सूचीलाई वैज्ञानिक क्षेत्रमा सबैभन्दा विश्वसनीय र कठोर मापदण्डमा आधारित विश्वव्यापी मूल्याङ्कन मानिन्छ। संसारभरका लाखौँ अनुसन्धानकर्ताको डाटा संकलन गरी उनीहरूको कार्यको प्रभावकारिता जाँचिन्छ।

    डा. झाको यो उपलब्धिले नेपालमा बसेर पनि विश्वस्तरीय अनुसन्धान सम्भव रहेको, नेपाली युवालाई विज्ञान र प्रविधिको क्षेत्रमा करियर बनाउन प्रोत्साहित गरेको साथै सरकारी तहमा वैज्ञानिक निर्णयहरूमा विज्ञ परामर्श लिन सहज हुने विश्वास गरिएको छ।

    २३ वर्षभन्दा बढी अध्यापन, अनुसन्धानसम्बन्धी अनुभव बोकेका डा. सयभन्दा बढी अनुक्रमित शोधपत्र प्रकाशित गरेका छन्। त्यस्तै १० वटा पुस्तक लेखेका वा सम्पादन गरेका छन्, भने, ३ वटा पेटेन्ट उनको नाममा दर्ता छन्।