प्रधानमन्त्री कार्कीसहित मन्त्रीहरूद्वारा निजी क्षेत्रका पदाधिकारीसँग छलफल - Chaitanya News
  • 2026-05-10
  • 06:16:50
  • आइतबार,बैशाख २७, २०८३
  • प्रधानमन्त्री कार्कीसहित मन्त्रीहरूद्वारा निजी क्षेत्रका पदाधिकारीसँग छलफल

    प्रधानमन्त्री कार्कीसहित मन्त्रीहरूद्वारा निजी क्षेत्रका पदाधिकारीसँग छलफल

    काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रका अगुवाहरूसँग छलफल गरेकी छन्।

    आज (आइतबार) प्रधानमन्त्री कार्यालय सिंहदरवारमा कार्कीले उद्योग वाणिज्य प्रवर्द्धन परिषद् सदस्य र जेन जेड आन्दोलनबाट क्षति भएका उद्योग व्यवसायी संघ छलफल गरेकी हुन्।

    छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, गृह एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्याल, उद्योग वाणिज्य महासंघका अध्यक्षलगायतको पनि उपस्थिति थियो।

    छलफलबाट बाहिरिँदै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारसँग गरिएको छलफलले निजी क्षेत्रको मनोबल उकास्ने सन्देश दिएको बताए।

    अध्यक्ष ढकालले भने, ‘उद्योग तथा व्यवसायमा भएको तोडफोड तथा आगजनीबाट भएको क्षतिमा सरकारले साथ सहयोग गर्ने भनेको छ। यसले निजी क्षेत्रका लागि सकारात्मक सन्देश दिएको छ।’