अवरुद्ध मुग्लिन–नारायणगढ सडकको पहिरो पन्छाउने काम आज बिहानैदेखि सुरु - Chaitanya News
  • 2026-11-08
  • 06:17:19
  • आइतबार,कार्तिक २३, २०८३
  • अवरुद्ध मुग्लिन–नारायणगढ सडकको पहिरो पन्छाउने काम आज बिहानैदेखि सुरु

    अवरुद्ध मुग्लिन–नारायणगढ सडकको पहिरो पन्छाउने काम आज बिहानैदेखि सुरु

    काठमाडौँ– मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिक खसेको पहिरो पन्छाउने काम बिहानैदेखि सुरु गरिएको छ।

    शुक्रवार साँझदेखि अवरुद्ध बनेको सडकखण्ड आज बिहानदेखि मेसिन परिचालन गरी पहिरो पन्छाउने कार्य सुरु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। पहिरो खस्न नरोकिएपछि शनिवार साँझपछि रोकिएको पहिरो हटाउने कार्य आज बिहानबाट सुरु गरेको हो।

    सडक अवरुद्ध भएपछि शुक्रवार रातिदेखि नै यात्रुहरू बाटोमै अलपत्र परेका छन्। अहिले पनि सडकमा धेरै सवारी साधन र मानिसहरू अलपत्र छन्। राजमार्गको दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ।