आज सूर्य ग्रहण लाग्दै, नेपालमा कति छ असर ? - Chaitanya News
  • 2026-07-16
  • 11:44:39
  • बिहिबार,आषाढ ३२, २०८३
  • आज सूर्य ग्रहण लाग्दै, नेपालमा कति छ असर ?

    आज सूर्य ग्रहण लाग्दै, नेपालमा कति छ असर ?

    काठमाडौँ– नेपाल पञ्चांग निर्णायक विकास समितिले आज लाग्ने सूर्य ग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यता अनुसार यसको कुनै सुतक नलाग्ने जनाएको छ।

    आश्विन कृष्ण औँसीका दिन आइतबार सूर्य ग्रहण लाग्ने भएकाले सोह्र श्राद्ध गर्ने कि नगर्नेरु सुतक कति बजेदेखि लाग्छरु लगायत प्रश्न धेरै वैदिक सनातन हिन्दू धर्मावलम्बीले गरेकाले नेपालबाट नदेखिने ग्रहण बार्नु नपर्ने र यसको कुनै दोष पनि नलाग्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए।

    आश्विन कृष्ण औँसीका दिन आइतबार लाग्ने सूर्य ग्रहण न्यूजिल्याण्ड, अष्ट्रेलिया, फिजी, टोङ्गा, अन्टार्टिकालगायत देशबाट मात्र देखिने जनाइएको छ।