काठमाडौँ– वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमन सुचारु गरेको छ। हालै जेनजीको आन्दोलनका कारण रोकिएको अनुगमन बिहीबारदेखि पुन सुरु भएको हो।
आज (बिहीबार) देखि विभागले बजार अनुगमनलाई तीव्रता दिइएको जनाएको छ। आज १५ वटा व्यवसायिक फर्म तथा उद्योगमा अनुगमन गरेको थियो। यसमध्ये मूल्य सूची तथा दर्ता प्रमाणपत्र नराख्ने महाबौद्धस्थित एयु श्रृङगार कलेक्सनलाई ५१ हजार रुपैयाँ जरिवाना तिराएको छ।
यसैगरी दुई वटा फर्मलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर विभागमा उपस्थित हुन र ११ वटा फर्मलाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ।
साथै अहिले चाडपर्वलाई लक्षित गरी खाद्यान्न, लत्ताकपडा, कस्मेटिक, गरगहना, माछा मासुजन्य पसलहरूमा बजार अनुगमन थालिएको विभागले जनाएको छ।
![]()