काठमाडौँ -नवनिर्वाचित सांसदहरूको शपथ पुस ७ गते हुने भएको छ । संघीय संसद् सचिवालयले आगामी पुस ७ गते शपथ गराउने तयारी गरेको छ।
संघीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार पुस ७ गते शपथ गराउनेगरी तयारी गरिएको हो। १ बजे बानेश्वर हलमा नै सपथ हुने उनले बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस १० गतेभित्र प्रधानमन्त्रीका लागि दाबी पेश गर्न सात दिनको समय दिएर आह्वान गरिसकेका छन्।