राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने निर्विरोध - Chaitanya News
  • 2026-04-25
  • 16:04:52
  • शनिबार,बैशाख १२, २०८३
  • राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने निर्विरोध

    राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने निर्विरोध

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन्। सोमबार बिहान बसेको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको रास्वपाका प्रवक्ता तथा महामन्त्री डा.मुकुल ढकालले जानकारी दिए ।

    उनका अनुसार प्रारम्भिक निर्वाचनमा निर्विरोध निर्वाचित भएका लामिछानेलाई संसदीय दलको नेता अनुमोदन गरिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ ७ सिट र समानुपातिकमा १३ सिट गरी प्रतिनिधि सभामा २० सिट जितेको छ।

    सो पार्टीले प्रमुख सचेतक, सचेतकलगायतको चयन गर्न बाँकी रहेको छ।