संसद् अधिवेशन आह्वानका लाग मार्गप्रशस्त भयो : प्रमुख आयुक्त थपलिया - Chaitanya News
  • 2026-05-07
  • 05:42:22
  • बुधबार,बैशाख २३, २०८३
  • संसद् अधिवेशन आह्वानका लाग मार्गप्रशस्त भयो : प्रमुख आयुक्त थपलिया

    संसद् अधिवेशन आह्वानका लाग मार्गप्रशस्त भयो : प्रमुख आयुक्त थपलिया

    काठमाडौँ — प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आइतबारबाट प्रतिनिधिसभा र प्रदेशसभा चुनाव अन्तर्गत सबै दायित्व निर्वाचन आयोगले पुरा गरेकाले अब संसद्को अधिवेशन आह्वानका लाग मार्गप्रशस्त भएको बताएका छन्। समानुपातिकतर्फ निर्वाचितहरुलाई आइतबार प्रमाणपत्र वितरण गरेपछी प्रमुख आयुक्त थपलियाले अब आयोगको काम राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी तर्फ केन्द्रित हुने जानकारी दिए।

    ुहामीले निर्वाचनको प्रतिवेदन राष्ट्रपति र प्रदेशप्रमुखहरुसँग पेस गरिसक्यौं। आज प्रमाणपत्र पनि विरतण भइसक्यो अब सबै काम सकिएको छ। अब संसद् अधिवेशन संसद मार्फत् नयाँ सरकार निर्माण लगायतका कामका लागि मार्गप्रशस्त भएको छ थपलियाले संचारकर्मीहरुसँग भने।

    उनले राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव आयोगको कार्यक्षेत्रभित्र पर्ने भएकाले संघीय र प्रदेश संसद्हरु सुचारु भएपछि त्यसको प्राविधिक तयारी गर्ने जानकारी दिए। राष्ट्रपति र उपराष्ट्रपतिको चुनावका लागि बन्ने निर्वाचकमण्डलमा प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सांसद हुन्छन्। उनीहरुको मतको आधारमा राष्ट्रपति र उपराष्ट्रपति चुनिन्छन्। फागुन दोस्रोसातासम्म हालका राष्ट्रपतिको कार्यकाल रहेकाले त्यही मिति आगाडि आयोगले सबै काम पुरा गर्ने गरी अघि बढ्ने उनले जानकारी दिए।