पुल भासिँदा अवरुद्ध बनेको राजमार्ग साढे ३ घण्टापछि खुल्यो - Chaitanya News
  • 2026-06-03
  • 16:17:46
  • बुधबार,जेठ २०, २०८३
  • पुल भासिँदा अवरुद्ध बनेको राजमार्ग साढे ३ घण्टापछि खुल्यो

    पुल भासिँदा अवरुद्ध बनेको राजमार्ग साढे ३ घण्टापछि खुल्यो

    तनहुँ– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–२ स्थित खानीखोलाको पुल भासिदा अवरुद्ध बनेको राजमार्ग खुलेको छ। बिहान १० बजेतिर सडक निर्माणको क्रममा पुल भासिएर दुईतर्फी सवारी आवागमन बन्द हुँदा थुप्रै सवारी साधन जाममा परेका थिए।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्का अनुसार १–२५ बजेदेखि सडक सुचारु भएको छ। भासिएको स्थानमा ग्राबेल हालेर सडक सुचारु भएपछि अहिले ठूला सवारी साधन एकतर्फी रुपमा सञ्‍चालनमा आएको खडकाले जानकारी दिए।

    ‘साना सवारी साधन भने दुईतर्फी नै चलेका छन्,’ उनले भने । यो सडक खण्डमा अहिले चार लेन सडक विस्तारको काम भइरहेको छ।

    सडक अवरुद्ध हुँदा अलपत्र परेका सयौँ सवारी साधन अहिल गन्तव्यतर्फ लागेका छन्।