कांग्रेस उपसभापति खड्का र मओवादी अध्यक्ष प्रचण्डबिच भेट - Chaitanya News
  • 2026-05-07
  • 04:41:39
  • बुधबार,बैशाख २३, २०८३
  • कांग्रेस उपसभापति खड्का र मओवादी अध्यक्ष प्रचण्डबिच भेट

    कांग्रेस उपसभापति खड्का र मओवादी अध्यक्ष प्रचण्डबिच भेट

    काठमाडौं– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्।

    आइतबार प्रचण्डलाई भेट्न उपसभापति खड्का खुमलटार पुगेका थिए। नयाँ सरकार गठनको प्रयास भइरहँदा खड्काले आइतबार बिहान प्रचण्डसँग भेट गरेका हुन्।

    यअसघि प्रचण्डले शनिबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए।

    आइतबार बिहान प्रचण्ड र खड्काबीच नयाँ सरकार गठन, पदहरु बाँडफाँट लगायत विषयमा छलफल भएको जनाइएको छ।