समानुपातिक सांसदहरुलाई प्रमाणपत्र उपलब्ध गराउँदै निर्वाचन आयोग - Chaitanya News
  • 2026-04-25
  • 16:08:39
  • शनिबार,बैशाख १२, २०८३
  • समानुपातिक सांसदहरुलाई प्रमाणपत्र उपलब्ध गराउँदै निर्वाचन आयोग

    समानुपातिक सांसदहरुलाई प्रमाणपत्र उपलब्ध गराउँदै निर्वाचन आयोग

    काठमाडौं –  निर्वाचन आयोगले आज (आइतबार) समानुपातिक सांसदलाई प्रमाणपत्र उपलब्ध गराउँदैछ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक सांसदलाई प्रमाणपत्र उपलब्ध गराउन लागेको हो ।

    समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित प्रतिनिधिसभाका ११० जना र सात वटै प्रदेशसभाका २२० जना सांसदलाई प्रमाणपत्र दिन लागेको हो । प्रतिनिधिसभामा सात राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएका छन् ।

    नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२ , नेकपा (माओवादी केन्द्र)ले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले ५ सिट प्राप्त गरेका छन् ।