अब बन्ने सरकार कांग्रेसको नेतृत्वमा हुनुपर्छ: कल्याण गुरुङ - Chaitanya News
  • 2026-05-07
  • 04:41:38
  • बुधबार,बैशाख २३, २०८३
  • अब बन्ने सरकार कांग्रेसको नेतृत्वमा हुनुपर्छ: कल्याण गुरुङ

    अब बन्ने सरकार कांग्रेसको नेतृत्वमा हुनुपर्छ:  कल्याण गुरुङ

    काठमाडौं-  नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले नयाँ सरकार पनि कांग्रेसकै नेतृत्वमा हुनुपर्ने बताएका छ ।

    ‘प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको आधिकारिक मत र परिणाम सार्वजनिक भइ सकेको छ’, केन्द्रीय सदस्य गुरुङले आइतबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अब बन्ने संघीय सरकार नेपाली कांग्रेस नेतृत्वमा हुनुपर्छ। प्रधानमन्त्री नेपाली कांग्रेसको हुनुपर्छ।’

    साथै सात प्रदेशका मुख्यमन्त्री पनि सकेसम्म नेपाली कांग्रेसले लिनुपर्ने दाबी उनले गरेका छन्।

    उनले अगाडि लेखेका छन्, ‘सातवटा प्रदेशको मुख्यमन्त्रीहरू पनि सम्भव भएसम्म नेपाली कांग्रेसले लिने गम्भीर पहल गर्नुपर्छ।’

    यता प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्नपछि दलहरू नयाँ सरकार गठनको तयारीमा लागेका छन्।

    खासगरी वर्तमान सत्ता गठबन्धनका दलबीच सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति हुन सकेको छैन।यस विषयमा नेताहरूका धारणा सार्वजनिक भइरहेका छन्।