कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै - Chaitanya News
  • 2026-04-25
  • 14:14:40
  • शनिबार,बैशाख १२, २०८३
  • कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै

    कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै

    काठमाडौं –  नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ ।

    बैठक अपराह्न केन्द्रीय कार्यालय सानेपामा बस्ने तालिका छ । केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरेका छन् ।

    बैठकले अधिकारसम्पन्न निर्वाचन समिति गठन गर्ने र त्यसले संसदीय दलको निर्वाचन गराउने जिम्मेवारी पाउने नेताहरूले बताएका छन् ।

    आजको बैठकपछि संसदीय दलको निर्वाचनको मिति पनि तय हुनसक्ने बताइएको छ ।

    यसअघि शनिवार दिउँसो सभापति शेरबहादुर देउवाले कांग्रेस सांसदहरूसँग भेट गरेका थिए ।

    संसदीय दलको नेतामा सभापति देउवा, महामन्त्री गगन थापा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता डा. शेखर कोइराला र प्रकाशमान सिंह लगायत आकांक्षी रहेका छन् ।