चिकित्सा शिक्षा आयोगको २१ औँ बैठक संख्यावृद्धिसहित सिट निर्धारण - Chaitanya News
  • 2026-10-01
  • 13:26:26
  • बिहिबार,आश्विन १५, २०८३
  • चिकित्सा शिक्षा आयोगको २१ औँ बैठक संख्यावृद्धिसहित सिट निर्धारण

    चिकित्सा शिक्षा आयोगको २१ औँ बैठक संख्यावृद्धिसहित सिट निर्धारण

    काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको २१ औँ बैठकले यस शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाको विभिन्न तह र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को पिसिएल तहको संख्यावृद्धिसहित सिट निर्धारणको निर्णय गरेको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा आयोगको सिट निर्धारण समितिको सिफारिस बमोजिम सो निर्णय भएको हो।

    गत असार ३२ गते भएको आयोगको २० औँ बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका कार्यक्रमको सिट निर्धारण गर्न प्रक्रिया अघि बढाएको थियो।