काठमाडौं– नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले चुनाव असाध्यै खर्चिलो भएको बताएका छन्। उनले पैसा हुनेले मात्रै जित्ने अवस्था आएको र अजेन्डाले मात्रै चुनाव नजितिने अवस्था आएको बताएका छन्।
उनले मतदाता एक छाक मासु भातमा बिकेको पनि आरोप लगाएका छन्।
सहरी क्षेत्रमा जनता सचेत भए पनि सहरबाहिर गएपछि एक छाक मासुभातमा मतदाता बिक्ने गरेको उनले बताएका हुन्। उनले खर्च गरेर निर्वाचन जित्ने प्रणाली विकास भएसँगै खर्च उठाउनका लागि भ्रष्टाचार बढेको पनि आरोप लगाएका छन्।
उनले नीतिगत भ्रष्टाचार रोक्न सक्नुपर्ने बताएका छन्।