काठमाडौँ– १६८ कर्मचारी पाँचौँ तहमा बढुवाका लागि सिफारिस गरिएको छ । स्थानीय सरकारी सेवाको रिक्त पाँचौँ तहमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा हुने बढुवाका लागि १६८ उम्मेदवार सिफारिस गरिएको हो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशअन्तर्गतको बढुवा समितिको साउन २५ गतेको निर्णयअनुसार सिफारिस गरिएको हो।
बढुवा समितिले स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०८० को दफा ३९ बमोजिम योग्यता क्रमका उम्मेदवारलाई तोकिएको सेवा, समूह र उपसमूहका रिक्त पदमा बढुवाका लागि सिफारिस गरेको हो।
![]()