काठमाडौँ– आज ( दिउँसो) पौने २ बजे सुरु हुने एएफसी यू–२० महिला एशियन कपको छनोटमा आज नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा उत्तर कोरियासँग खेल्ने भएको छ। खेल भुटानको चाङ्लिमिथाङ रङ्गशालामा हुँदैछ ।
एशियन कपमा पुग्न आज नेपालले उत्तर कोरियालाई हराउनुपर्ने भएको छ। अस्ति (शुक्रवार) भएको समूह ‘ए’ को दोस्रो खेलमा नेपालले साउदी अरबलाई एक गोलले हराउँदा उत्तर कोरियाले भुटानलाई १० गोलले हरायो। योसँगै शीर्ष स्थानको उत्तर कोरियाले दुई खेलबाट छ अंक पुर्याएको छ।
उत्तर कोरियाले पहिलो खेलमा साउदी अरबलाई १५–० ले पराजित गरेको थियो। तर नेपालले भूटानसँग १र१ गोलको बराबरी खेलेको थियो। नेपालको दुई खेलमा चार अंक छ। यो खेलले समूह ‘ए’ बाट एशियन कप खेल्ने टोलीको टुङ्गो लाग्ने छ। ३२ देशको सहभागिता रहेको छनोटमा आठ समूह छन्। हरेक समूहका विजेता आठ टोली तथा उत्कृष्ट तीन उपविजेता टोलीले आउँदो वर्ष थाइल्यान्डमा हुने २० वर्षमुनिको एशिया कपमा स्थान बनाउने छन्।