लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-05-24
  • 09:03:02
  • आइतबार,जेठ १०, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1.२०७८ सालको जनगणना अनुसार नेपाली भाषा बोल्ने जनसंख्या कति प्रतिशत रहेको छ ?
    A) 44.86% B) 45.86% C) 44.86% D) 45.88%

    2.खूशी सुचकांक 2025अनुसार नेपाल विश्वको कति औ खुशी मुलुक हो ?
    A)92th                B) 92th                 C) 94th                D) 95th

    3.नेपाल पछिल्लो पटक UNO को कुन अंगको सदस्यमा निर्वाचित भएको छ ?
    A.अन्तर्राष्ट्रिय न्यायालय                     B.UNO महासभा
    C.आर्थिक तथा सामाजिक परिषद्     D.सुरक्षा परिषद्

    4. गोरखापत्रमा दैनिक प्रकाशनका लागि थप भएका नयाँ दुई भाषा कुन कुन हुन ?
    A.डोटेली र बञ्जिका                 B.मारवाडि र डडेल्धुरेली
    C.याक्खा र डडेल्धुरी               D.राणा थारु र याक्खा

    5.संयुक्त राष्ट्र सङ्घद्वारा कुन अवधिलाई ‘पारिस्थितिकीय प्रणालीको पुनस्र्थापनाको दशक’ का रूपमा मनाउने निर्णय गरिएको छ ?
    A. सन् २०२१–२०३०           B. सन् २०२५–२०३०      C. सन् २०२१–२०२९           D. सन् २०२१–२०३५

    6. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
    a. सन् 2023 1.International Year Of Glacier’s Preservation
    b. सन् 2025 2.कोदो वर्ष (Millets) को रुपमा मनाइएको
    c. सन् 2026 3.International Year Of Rangelands And Pastoralists
    A) a1,b2,c3         B) a2,b1,c3            C) a3,b1,c2          D) a2,b3,c1

    7. तलका भनाई विचार गर्नुहोस् ।
    १.नेपालमा राजपत्र वि.सं.२००८ साउन २२ देखि प्रकाशित हुन थालिएको हो ।
    २.वैज्ञानिक व्यवस्थापनका पिता FW Tylor हुन ।
    ३.सुशासनको अवधारणा सन् १९९२ David Osborne र Ted Gaebler को Reinventing Government नामक पुस्तक कृतिबाट विकास भएको हो ।
    मथि दिइएका भनाईहरु मध्ये कुन कुन सहि छन ।
    A.१ र २                    B.२ र ३                  C.१ र ३                  D.सबै सहि

    8.जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
    a.स्थानीय अधिकारको सूची                                   1.पर्यटन,खानेपानी तथा सरसफाई
    b.संघ, प्रदेश र स्थानीय तहको अधिकार सूची        2.कृषि तथा पशु विकास
    c.प्रदेशको अधिकार सूची                                       3.साना जलविद्युत आयोजना
    d.संघ, प्रदेशको साझा अधिकार सूची                    4.सामाजिक सुरक्षा र गरीबी निवारण
    A) a1,b2,c3,d4            B) a2,b1c4,d3                C) a3,b4,c2,d1               D) a4,b3,c2,d1

    9. व्यक्तित्व र क्षेत्र दिइएका जोडाहरु मध्ये कुन गलत छ ?
    A.डेभ बेनेट – सुगुरको मुटु प्रत्यारोपण गर्ने पहिलो मानिस B.वप्पी लहरीका – चर्चित गायक तथा सङ्गीतकार
    C. लता मङ्गेशकर – स्वर सामाज्ञी                                     D.एडर्वाड विल्सन – रंगभेदी आन्दोलन

    10.नेपालले हालसम्म BIPPA सम्झौता गरेका ६ मुलुकहरुको सही क्रम कुन हो ?
    A.बेलायत, फ्रान्स, जर्मनी, फिनल्याड, मौरिसस र भारत
    B.फ्रान्स, जर्मनी, बेलायत, मौरिसस, फिनल्याण्ड र भारत
    C.फ्रान्स, बेलायत, जर्मनी, मौरिसस, फिनल्याण्ड र भारत
    D.फ्रान्स, जर्मनी, बेलायत, फिनल्याण्ड, मौरिसस र भारत

    11.तलेजु भवानी मन्दिरको स्थापना कसले गरेका हुन ?
    A.मानदेव     B.महेन्द्र मल्ल     C.प्रचण्ड देव   D.जुद्धशमशेर

    12. जोडा मिलाई सहि उत्तर छनोट गर्नुहोस् ?
    समुह I                           समुह II
    a.एटम बम                   1.लुई पाश्चर
    b.रेविज                        2.जर्ज ईष्टमेन
    c.तारविहिन टेलिग्राफ   3.अटोहान
    d.कोडाक फिल्म          4.मर्कोनी
    A) a1,b2,c3,d4        B) a4,b3,c2,d1   C) a1,b4,c3,d2   D) a3,b1,c4,d2

    13.१६ औ पञ्चवर्षीय योजनाले ईन्टरनेटमा पहँच प्राप्त मानिसहरुको संख्या कति प्रतिशत पु¥याउने लक्ष्य लिएको छ ?
    A)85%                  B) 90%                C) 96%                       D) 60%

    14.अफ्रिका महादेशको सबैभन्दा सानो भुपरिवेष्ठित राष्ट्र कुन हो ?
    A. चाड                  B. सुडान                  C. नाईजर                   D. ईस्वातिनि

    15.देहायका मध्ये महाभारत पर्वत श्रेणीबाट उत्पति भएको नदी कुन होईन ?
    A. कनकाई             B. कमला                    C. बबई                     D. वाणगंगा

    16. जोडा मिलाइ कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    समूह I                                               समूह II
    क) महासभा                                      १. अन्तराष्ट्रिय विकास लक्ष्यहरुको कार्यान्वयन गर्ने
    ख) आर्थिक तथा सामाजिक परिषद्   २. अन्तराष्ट्रिय शान्ति तथा सुरक्षा कायम गर्ने
    ग) सुरक्षा परीषद्                                ३. संयुक्त राष्ट्रसंघको बजेट स्वीकृति गर्ने
    घ) अन्तराष्ट्रिय न्यायलय                       ४. संयुक्त राष्ट्रसंघका अंगहरुलाई कानूनी प्रश्नहरुमा राय दिने
    A. क३, ख१, ग२, घ४             B. क२, ख३, ग४, घ१       C. क१, ख४,ग२, घ३              D. क१, ख२, ग३, घ४

    17.डेङगु रोग कुन लामखुट्टेको टोकाईबाट लाग्छ ?
    A. क्युलेक्स          B.एनोफिलिस            C. एडिस एजेप्टाई         D. माथिका सबै

    18. रेशम किरा सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
    A) Apiculture          B) Agriculture           C) Sericulture     D) Epigraphy

    19. देहायका जोडा विचार गर्नुहोस् ।
    1.IBM – International Business Machine
    2.WWW – World Wide Web
    3.WAN- Wide Arean Network
    4.VPN – Virtual Private Network
    माथि दिइएका जोडा मध्ये कुन कुन सहि छन ?
    A.१ र २ सहि              B. २ र ३ सहि                C. ३ र ४ सहि                 D. सबै सहि

    20.आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
    क) आधारभूत तह (कक्षा १ – ८) को खुद भर्नादर ९४.१ प्रतिशत रहेको ।
    ख) कुलग्राहस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान १२.८३ प्रतिशत रहेको ।
    ग) प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,५१७ अमेरिकी डलर रहेको छ ।
    A. क र ख मात्र ठीक B. ख र ग मात्र ठीक C. सबै ठीक D. माथिका सबै बेठीक

    उत्तरः

    1. A 11. B
    2. B 12. D
    3. C 13. B
    4. C 14. D
    5. A 15. D
    6. B 16. A
    7. D 17. A
    8. C 18. C
    9. D 19. D
    10. B 20. C

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100