कुलिङ पिरियडमा गडबडीबारे छानबिन समितिको प्रतिवेदन सभामुख घिमिरेलाई बुझाइयो - Chaitanya News
  • 2026-07-09
  • 03:54:29
  • बुधबार,आषाढ २४, २०८३
  • कुलिङ पिरियडमा गडबडीबारे छानबिन समितिको प्रतिवेदन सभामुख घिमिरेलाई बुझाइयो

    कुलिङ पिरियडमा गडबडीबारे छानबिन समितिको प्रतिवेदन सभामुख घिमिरेलाई बुझाइयो

    काठमाडौँ– संघीय निजामती विधेयकको ‘कुलिङ पिरियड’ गडबडी छानबिनका लागि गठित संसदीय समितिले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको छ। प्रति वेदन समितिका संयोजक जीवन परियारले सभामुखलाई प्रतिवेदन बुझाएका छन्।

    संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिनका लागि गठन गरिएको उक्त समितिले २९ दिन लगाएर सरोकारवालासँग छलफलपश्चात प्रतिवेदन तयार गरेको हो।यो बीचमा समितिको ३७ वटा बैठक बसेको थियो ।

    गत असार २३ गते संघीय निजामती सेवा विधेयकमा उल्लेख कुलिङ अफ पिरियडमा भएको छेडखानीको अध्ययन तथा छानबिन गर्न सात सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो।

    समितिमा काँग्रेसबाट सांसदहरू जीवन परियार र सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की थिए।