समृद्ध नेपाल र सुखी नेपाली बनाउने भन्दा ठुलो लक्ष्य छैन : प्रधानमन्त्री ओली - Chaitanya News
  • 2026-11-18
  • 11:54:59
  • बुधबार,मंसिर ०३, २०८३
  • समृद्ध नेपाल र सुखी नेपाली बनाउने भन्दा ठुलो लक्ष्य छैन : प्रधानमन्त्री ओली

    समृद्ध नेपाल र सुखी नेपाली बनाउने भन्दा ठुलो लक्ष्य छैन : प्रधानमन्त्री ओली

    काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपाली बनाउने भन्दा ठुलो लक्ष्य अर्को हुन नसक्ने बताएका छन्।

    आज (शुक्रबार) भक्तपुरमा आयोजित बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा कार्यक्रममा बोल्दखै उनले यस्तो बताएका हुन्।

    यस्तै उनले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने बाटोमा सरकार लागिरहेको बताए। उनले नेपाललाई समृद्ध र जनतालाई सुखी बनाउने लक्ष्य भन्दा पवित्र लक्ष्य अर्को हुन नसक्ने बताए।

    नेपाललाई समृद्ध आधुनिक देश बनाउने, नेपाली जनतालाई सुखी जनता बनाउने भन्दा ठुलो र महान अर्को गन्तव्य हुन नसक्ने उनको भनाइ छ।त्यसका लागि सरकारले स्वास्थ्य क्षेत्रमा निरोगी नेपालको लक्ष्य राखेको उल्लेख गरे।प्रधानमन्त्री ओलीले रोग लाग्नै नदिने वातावरण सिर्जना गर्नुपर्ने बताए।