नेपाल वायुसेवा निगमद्वारा स्थायी पदपूर्तिका लागि आवेदन माग - Chaitanya News
  • 2026-06-12
  • 16:58:03
  • शुक्रबार,जेठ २९, २०८३
  • नेपाल वायुसेवा निगमद्वारा स्थायी पदपूर्तिका लागि आवेदन माग

    नेपाल वायुसेवा निगमद्वारा स्थायी पदपूर्तिका लागि आवेदन माग

    काठमाडौं, पुस १ –  नेपाल वायुसेवा निगमले विभिन्न पदमा स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । निगमले शुक्रबार सुचना जारी गर्दै चौथो तहदेखि सातौँ तहसम्मका लागि आवेदन आह्वान गरेको हो ।

    रिक्त पदहरूमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्य नेपाली नागरिकले अनलाइन दरखास्त दिन सक्ने निगमले जनाएको छ ।

    आवेदन योग्य नागरिकलाई पुस २१ गतेभित्र आवेदन दिन निगमले आग्रह गरेको छ । दोब्बर दस्तुर तिरेर सात दिन पछिसम्म अर्थात् पुस २८ सम्म आवेदन दिन सकिनेछ ।