उपसचिव कान्छा दुलाल सहसचिवमा बढुवा - Chaitanya News
  • 2026-11-15
  • 22:30:16
  • आइतबार,कार्तिक ३०, २०८३
  • उपसचिव कान्छा दुलाल सहसचिवमा बढुवा

    उपसचिव कान्छा दुलाल सहसचिवमा बढुवा

    काठमाडौँ– सङ्घीय संसद् सचिवालयका उपसचिव कान्छा दुलाल सहसचिव पदमा बढुवा भएका छन्।

    सङ्घीय संसद् सेवा, सामान्य प्रशासन समूहअन्तर्गत राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव पदमा रिक्त रहेको स्थानमा बढुवा समितिले २०८२ असार ११ गते दुलाललाई बढुवा सिफारिस गरेको थियो।

    सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले बिहीबार दुलाललाई बढुवा नियुक्तिको पत्र दिँदै सफल कार्यकालको शुभकामना दिएका छन्।दुलाल ३४ वर्षदेखि सङ्घीय संसद् सचिवालयमा कार्यरत छन्।