प्रधानमन्त्री आलीले बोलए मन्त्रिपरिषद् बैठक, मुख्य रजिष्टार नियुक्तिको तयारी - Chaitanya News
  • 2026-11-15
  • 22:48:22
  • आइतबार,कार्तिक ३०, २०८३
  • प्रधानमन्त्री आलीले बोलए मन्त्रिपरिषद् बैठक, मुख्य रजिष्टार नियुक्तिको तयारी

    प्रधानमन्त्री आलीले बोलए मन्त्रिपरिषद् बैठक, मुख्य रजिष्टार नियुक्तिको तयारी

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ः ३० मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको छ ।

    स्रोतका अनुसार, आजको बैठकले एकजना मुख्य रजिष्टार र एकजना रजिष्टारको नियुक्ति गर्ने तयारी गरेको छ। मुख्य रजिष्टारमा विमल पौडेलको नाम सिफारिस भएको छ। रजिष्टारमा मानबहादुर कार्कीको नाम सिफारिस भएको छ ।

    बैठकमा दुई वा तीन जना सचिवहरूको बढुवाको सम्भावनासमेत रहेको बताइएको छ। यद्यपि, सचिव बढुवाका सम्बन्धमा अन्तिम निर्णय आजै हुने वा नहुने विषय अझै खुलिनसकेको स्रोतले जनाएको छ।