काठमाडौं– दुई प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित चार सहसचिवको सरुवा भएको छ। आज सोमबार) गृह मन्त्रालयले दुई प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित चार सहसचिवको सरुवा गरेको हो ।
स्रोतका अनुसार, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापालाई मन्त्रालयमा तानिएको छ। उनीहरूको स्थानमा मन्त्रालयमै कार्यरत सहसचिव टोकराज पाण्डेलाई रुपन्देही र बन्धु बास्तोलालाई सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ।
यस सरुवालाई गृह प्रशासनको नियमित प्रक्रिया भनिए पनि स्रोतका अनुसार केही प्रशासनिक प्राथमिकता र जिल्लामा देखिएको आवश्यकतालाई ध्यानमा राखेर निर्णय गरिएको हो।
यसअघि रुपन्देही र सिन्धुपाल्चोक दुवै जिल्ला प्रशासनिक दृष्टिले संवेदनशील मानिँदै आएका छन्। यस्तो अवस्थामा अनुभवी सहसचिवलाई जिल्लाको जिम्मेवारी दिनु गृह मन्त्रालयको रणनीतिक निर्णयका रूपमा हेरिएको छ।