चार जना सहसचिव सचिवमा बढुवा - Chaitanya News
  • 2026-11-15
  • 22:48:19
  • आइतबार,कार्तिक ३०, २०८३
  • चार जना सहसचिव सचिवमा बढुवा

    चार जना सहसचिव सचिवमा बढुवा

    काठमाडौँ– चार जना सहसचिव सचिवमा बढुवाका लागि सिफारिस भएका छन्।

    आज (सोमबार) बसेको न्याय सेवा आयोगको बैठकले कानून समूहका दुई सहसचिव निर्मला अधिकारी भट्टराई र इन्दिरा दाहाल भट्टराईलाई सचिवमा बढुवा सिफारिस गरेको हो।

    सत्य निरूपण तथा मेलमिलाप आयोगमा सहसचिव रहेकी निर्मला बढुवापछि पनि सत्य निरूपण तथा मेलमिलाप आयोगमै रहनेछिन्। उनी बढुवाको सिफारिस हुनुअघि कामुको जिम्मेवारीमा थिइन्।

    निर्वाचन आयोगमा दरबन्दी रहेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा कार्यरत सहसचिव इन्दिरा नेपाल कानून आयोगमा सिफारिस भएकी हुन्।

    जसमा सर्वोच्च अदालतका सहरजिष्ट्रार मानबहादुर कार्की रजिष्ट्रारमा, महान्यायाधिवक्ताको कार्यालयका सह न्यायाधिवक्ता सूर्यराज दाहाल सचिव बढुवा भएर बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिवमा पदस्थापन भएका छन्।