भूमिसम्बन्धी विधेयकमा संशोधन राख्ने १७ जना सांसद्सँगको छलफल सकियो - Chaitanya News
  • 2026-11-15
  • 22:48:40
  • आइतबार,कार्तिक ३०, २०८३
  • भूमिसम्बन्धी विधेयकमा संशोधन राख्ने १७ जना सांसद्सँगको छलफल सकियो

    भूमिसम्बन्धी विधेयकमा संशोधन राख्ने १७ जना सांसद्सँगको छलफल सकियो

    काठमाडौं– भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमा संशोधन राख्ने १७ जना सांसद्सँगको छलफल सकिएको छ । आइतबारदेखि संसदीय समितिमा सुरु भएको दफावार छलफलमा १७ जना संशोधनकर्तासँगको छलफल सकिएको हो।

    भूमिसम्बनधी केही नेपाल ऐन संशोधन विधेयकमा ५५ वटा संशोधन परेको छ।

    प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले विधेयकमाथि दफावार छलफल गरिरहेको छ। आज पनि संशोधनकर्ता सांसदहरूसँग छलफल रहेको छ।

    विधेयकमा संशोधनकर्ता सांसदहरूसँग छलफल सकिएपछि समितिमा छलफल हुनेछ र विधेयक अगाडि बढ्नेछ।

    विधेयकसँग सम्बन्धित विषयमा सरोकार राख्ने निकाय र व्यक्तिसँग छलफल गर्ने वा नगर्ने भन्नेमा समिति निर्णयमा पुगेको छैन। यो विधेयकलाई जति सक्दो छिटो पास गर्ने तयारीमा सत्तारुढ दल रहेका छन्।

    सुरुमा प्रतिनिधि सभामै दफावार छलफल गरेर पारित गर्न खोजिएको थियो । समितिमा लगेर पनि फास्ट ट्रयाकमा अगाडि बढाउन सकिने विपक्षी दलहरूको अडानपछि यो विधेयक संसदीय समितिमा पुगेको हो।