कस्तो रहला मौसम ? प्रदेश–१ मा हल्का वर्षाको सम्भावना - Chaitanya News
  • 2026-04-25
  • 14:13:58
  • शनिबार,बैशाख १२, २०८३
  • कस्तो रहला मौसम ? प्रदेश–१ मा हल्का वर्षाको सम्भावना

    कस्तो रहला मौसम ? प्रदेश–१ मा हल्का वर्षाको सम्भावना

    काठमाडौं-  नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि अहिले बिहान तराईका भू–भागका केही स्थानहरुमा हुस्सु लाग्नुको साथै पहाडी भू–भागमा आंशिक बदली रही रहेको छ ।

    आज (शुक्रबार) दिउँसो प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ । प्रदेश–१ को पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

    तराईका केही भू–भागमा बिहानीपख हुस्सु लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।