आजको मौसम: कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षा हुने - Chaitanya News
  • 2026-07-16
  • 16:40:31
  • बिहिबार,आषाढ ३२, २०८३
  • आजको मौसम: कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षा हुने

    आजको मौसम: कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षा हुने

    काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    त्यस्तै, विभागका अनुसार, आज राती देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। सबै प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।