नागरिकता विधेयकमाथिको दफावार छलफल विधायन व्यवस्थापन समितिमा हुने - Chaitanya News
  • 2026-11-15
  • 23:26:13
  • आइतबार,कार्तिक ३०, २०८३
  • नागरिकता विधेयकमाथिको दफावार छलफल विधायन व्यवस्थापन समितिमा हुने

    नागरिकता विधेयकमाथिको दफावार छलफल विधायन व्यवस्थापन समितिमा हुने

    काठमाडौँ– नागरिकता विधेयकमाथिको दफावार छलफल राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा हुने भएको छ।

    आज (मंगलबार) बसेको सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

    जसलाई सभाले स्वीकृत गरेको छ।