फेरि फैलियो कोरोना सङ्क्रमण, एक जनाको मृत्यु - Chaitanya News
  • 2026-07-16
  • 16:40:09
  • बिहिबार,आषाढ ३२, २०८३
  • फेरि फैलियो कोरोना सङ्क्रमण, एक जनाको मृत्यु

    फेरि फैलियो कोरोना सङ्क्रमण, एक जनाको मृत्यु

    पोखरा– कोरोना सङ्क्रमण फेरि फैलिएको छ । पोखरामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खीमबहादुर खड्काले यसको पुष्टि गरेका हुन्। ‘७४ वर्षको महिला उपचारका लागि आउनुभएको रहेछ । ८ दिन अघि कोरोना डिकेक्ट भएको र हिजो मृत्यु भयो भन्ने आएको छ,’ उनले भने।

    उनी चरक अस्पतालमा उपचाररत थिइन्। उनलाई उच्च रक्तचाप र मधुमेह पनि देखिएको अस्पताल प्रशासनले जनाएको छ। ‘अरू बिरामी पनि थिए भन्ने छ। कोरोना पनि एसोसियट हुन आयो,’ खड्काले भने, ‘अरू कारण पनि हुन सक्छन्। तर कोरोना भन्ने पुष्टि भएको हो।

    गण्डकीमा अहिले कोरोना सङ्क्रमणको दर बढ्न थालेको निर्देशनालयले जनाएको छ। हाल प्रदेशभर ८ जना सङ्क्रमित उपचाररत रहेका छन्। तीमध्ये कास्कीमा ५ जना छन् भने बागलुङमा २ र स्याङ्जामा एक जना छन्।