स्वास्थ्य मन्त्री पौडेलको एक वर्ष पुरा, के–के गरे प्रगति ? (पुर्णपाठ) - Chaitanya News
  • 2026-05-03
  • 02:00:55
  • शनिबार,बैशाख १९, २०८३
  • स्वास्थ्य मन्त्री पौडेलको एक वर्ष पुरा, के–के गरे प्रगति ? (पुर्णपाठ)

    स्वास्थ्य मन्त्री पौडेलको एक वर्ष पुरा,  के–के गरे प्रगति ? (पुर्णपाठ)

    काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आफ्नो कार्यकाल एक वर्ष पुगरेको अवसरमा आफुले एक वर्षको अवधिमा गरेको कामको विवरण सार्वजनिक गरेका छन्।

    आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले आफ्नो कार्यकालको एक वर्षको प्रगति विवरण सार्वजनिक गरेका हुन्।

    यस अवधिमा मन्त्री पौडेलको मन्त्रालयले डे वानदेखि एक वर्षसम्म गरेको प्रतिबद्धता र भएका कामको १३ बुँदामा समावेश गरेका छन्।

    उनले विगत लामो समयदेखि रोकिएको अस्पतालहरूको बीमा भुक्तानी फरफारक गर्न २३० जना थप चिकित्सकहरूलाई दाबी मूल्यांकनमा पदपूर्ति गरी तीन महिनाभित्र मूल्यांकन गर्ने गरी काम भइरहेको जानकारी दिए।