काठमाडौँ– यस वर्षको ग्लोबल हिरो अवार्ड नेपालका ज्ञानेन्द्र शाही र कुलमान घिसिङले पाउने भएका छन् ।
यो अवार्ड आगामी जुलाई २७ मा संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरमा ग्लोबल नेपालीद्वारा आयोजित एक भव्य समारोहमा प्रदान गरिनेछ।
शाही प्रतिनिधि सभा सदस्य हुन्। घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी प्रमुख हुन्।
ग्लोबल नेपालीले हरेक वर्ष नेपालमा आ(आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै यो अवार्ड प्रदान गर्दै आएको छ।