दैलेखको नारायण नगरपालिकाले हटायो करार प्रकृतिका सम्पूर्ण कर्मचारी - Chaitanya News
  • 2026-11-17
  • 16:03:06
  • मंगलबार,मंसिर ०२, २०८३
  • दैलेखको नारायण नगरपालिकाले हटायो करार प्रकृतिका सम्पूर्ण कर्मचारी

    दैलेखको नारायण नगरपालिकाले हटायो करार प्रकृतिका सम्पूर्ण कर्मचारी

    काठमाडौँ– दैलेखको नारायण नगरपालिकाले नगर अनुदानबाट सेवा सुविधा खाने अस्थायी, ज्यालादारी र करार प्रकृतिका सम्पूर्ण कर्मचारीहरूको अर्को व्यवस्था नभएसम्मका लागि हटाएको छ । यस्तै बिहीबारदेखि म्याद थप नहुने पालिकाले जनाएको छ।

    नगर कार्यपालिकाको बैठकले पालिकामा कार्यरत इलेक्ट्रिसियन, सवारी चालक, कार्यालय सहयोगी, माली, चौकिदार, सरसफाई कर्मीहरू बाहेकका अन्य करार सेवाका कर्मचारीहरू हटाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत रेशम बहादुर बुढाले जानकारी दिए।