गृहमन्त्री लेखकले भने: ‘विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच सहकार्य जरुरी छ’ - Chaitanya News
  • 2026-11-17
  • 16:13:28
  • मंगलबार,मंसिर ०२, २०८३
  • गृहमन्त्री लेखकले भने: ‘विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच सहकार्य जरुरी छ’

    गृहमन्त्री लेखकले भने: ‘विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच सहकार्य जरुरी छ’

    काठमाडौँ–  गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा तीनै तहका सरकारीबीच समन्वय र सहकार्य जरुरी रहेको बताएका छन्।

    आज (बुधबार) गृह मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले संघ, प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकार बाँडफाँटमा पनि विपद् व्यवस्थापन तीन वटै तहको कार्यक्षेत्रमा पर्ने बताए। “हामी उच्च जोखिमपूर्ण भूगोलमा छौँ”, उनले भने, “विपद्को सामना र व्यवस्थापनका लागि तीन वटै तहबीच समन्वय र सहकार्य जरुरी छ।”

    सात वटै प्रदेशमा आपत्कालीन गोदामघरहरू रहेको बताउँदै उहाँले ती गोदामघर सञ्चालन प्रदेश सरकारले गर्नेगरी हस्तान्तरण गरिएको जानकारी दिए। “काठमाडौँको गोदामघर विपद् प्राधिकरणसँग रहन्छ”, उनले भने, “छ वटा प्रदेशस्तरका गोदामघरको सञ्चालन प्रदेश सरकारले गर्नेछन्।”

    नागरिकसँगको सबैभन्दा नजिक स्थानीय जनप्रतिनिधि रहने भएकाले आपत्कालीन गोदामघरहरू पालिकास्तरमा स्थापना गरेर तल्लो तहसम्म विपद् व्यवस्थापनका लागि सक्षम बनाउनुपर्नेमा गृहमन्त्री लेखकले जोड दिए । उनले विपद् पूर्वसूचना र विपद् पछिको खोज, उद्धार तथा पुनस्स्थापनामा सबैले सहकार्य र समन्वय गर्नुपर्ने बताए।