वरिष्ठ नेता पौडेललाई जापान सरकारले आज सम्मान गर्ने - Chaitanya News
  • 2026-04-24
  • 07:25:49
  • शुक्रबार,बैशाख ११, २०८३
  • वरिष्ठ नेता पौडेललाई जापान सरकारले आज सम्मान गर्ने

    वरिष्ठ नेता पौडेललाई जापान सरकारले आज सम्मान गर्ने

    काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले आज सम्मानित गर्ने भएको छ। बिहीबार अपरान्ह ३ बजे पौडेललाई जापान सरकारले विभूषणबाट उच्च सम्मान गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।

    नेपाल–जापान सम्बन्ध प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै जापान सरकारले सन् २०२० को अप्रिलमा २९ मा नेता पौडेललाई ‘द ग्रान्ड कोर्डन अफ द अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित गर्ने घोषणा गरेको थियो।

    तर, कोभिड महामारीका कारण सम्मान कार्यक्रम स्थगित भएको थियो। नेपालस्थित जापानको दूतावासले नेता पौडेललाई बिहीबार उनको निवासमा एक कार्यक्रमबीच सम्मान गर्न लागेको हो।

    पौडेललाई नेपालका लागि जापानका राजदूत किकुता युताकाले सो सम्मान प्रदान गर्ने छन्। पौडेल नेपाल-जापान संसदीयमैत्री संघका संस्थापकसमेत थिए।