गृहमन्त्री लेखकले भने: मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली चुस्त पारिएको छ - Chaitanya News
  • 2026-05-03
  • 00:52:44
  • शनिबार,बैशाख १९, २०८३
  • गृहमन्त्री लेखकले भने: मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली चुस्त पारिएको छ

    गृहमन्त्री लेखकले भने: मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली चुस्त पारिएको छ

    काठमाडौं– गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली चुस्त पारिएको बताएका छन्।

    आज (आइतबार) राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै गृहमन्त्री लेखकले मनसुनजन्य विपद् जोखिम न्यूनीकरण र प्रतिकार्यका लागि समेत आवश्यक गृहकार्य भइरहेको समेत जानकारी दिए।

    अहिले मनसुनको समयमा विभिन्न जोखिमहरु उत्पन्न हुने गर्दछन्। त्यसको जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई दुरुस्त गर्ने, विपद् आइसकेपछि प्रतिकार्यका कामहरू गर्न तयारी गरिरहेका छौं,’ उनले भने।