साफ यु–२० च्याम्पियनसिपमा आज नेपाल बंगलादेशसँग भिड्दै - Chaitanya News
  • 2026-06-05
  • 22:13:31
  • शुक्रबार,जेठ २२, २०८३
  • साफ यु–२० च्याम्पियनसिपमा आज नेपाल बंगलादेशसँग भिड्दै

    साफ यु–२० च्याम्पियनसिपमा आज नेपाल बंगलादेशसँग भिड्दै

    काठमाडौँ– साफ यु–२० महिला च्याम्पियनसिपमा आज (आइतबार) नेपाल घरेलु टिम बंगलादेशसँग भिड्ने भएको छ । खेल नेपाली समयअनुसार ६ः४६ मा बसुन्धरा किङ्स एरिनामा सुरु हुनेछ।

    साविक विजेता रहेको बंगलादेश यो प्रतियोगितामा नेपालको लागि सबैभन्दा बलियो प्रतिस्पर्धी हो। नेपालले पहिलो खेलमा भुटानलाई ६–१ गोलले पराजित गरेको छ भने बंगलादेशले श्रीलंकालाई ९–१ गोलले पराजित गरेको छ। यो प्रतियोगितामा भारत भने सहभागी छैन।

    दुई वर्षअघि बंगलादेशमा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल ३–० ले पराजित भएको थियो। पछिल्लो समय महिला साफमा बंगलादेश र नेपाल धेरै पटक फाइनलमा भिडिरहेका छन्।