पहाडी क्षेत्रमा आंशिक बदली, तराईमा हुस्सु - Chaitanya News
  • 2026-04-24
  • 07:25:47
  • शुक्रबार,बैशाख ११, २०८३
  • पहाडी क्षेत्रमा आंशिक बदली, तराईमा हुस्सु

    पहाडी क्षेत्रमा आंशिक बदली, तराईमा हुस्सु

    काठमाडौं – नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर, आज (बिहीबार) बिहान तराईका केही स्थानहरुमा हुस्सु लाग्नुको साथै देशको पहाडी भू–भागमा आंशिक बदलीको भइरहेको छ ।

    आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका साथै प्रदेश–१ र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ । राति लुम्बिनी प्रदेशका साथै प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहने छ ।

    तराईका केही भू–भागमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।