राष्ट्रपतिलाई आज निर्वाचन प्रतिवेदन बुझाउँदै आयोग - Chaitanya News
  • 2026-04-24
  • 07:26:15
  • शुक्रबार,बैशाख ११, २०८३
  • राष्ट्रपतिलाई आज निर्वाचन प्रतिवेदन बुझाउँदै आयोग

    राष्ट्रपतिलाई आज निर्वाचन प्रतिवेदन बुझाउँदै आयोग

    काठमाडौं – निर्वाचन आयोगले आज (बिहीबार) प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपति समक्ष बुझाउने भएको छ ।

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रतिवेदन पेस गरिने बताएका छन् ।

    प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन भने आउँदो पुस २ गते प्रदेश प्रमुखहरूलाई बुझाइने उनले जानकारी दिए ।

    बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रतिवेदन पेस भएपछि निर्वाचितहरूको नाम राजपत्रमा प्रकाशित गरिने जानकारी दिएका थिए ।